Kathmandu Press

नेपालसहितका देशलाई भारतले आजदेखि कोरोना खोप उपलव्ध गराउने

काठमाडौं, पुस ७ : भारत सरकारले आजदेखि नेपाल सहितका देशलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। भारतीय विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी...
नेपालसहितका देशलाई भारतले आजदेखि कोरोना खोप उपलव्ध गराउने

काठमाडौं, पुस ७ : भारत सरकारले आजदेखि नेपाल सहितका देशलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। भारतीय विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशलाई अनुदानमा खोप उपलब्ध गराउन लागेको हो।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, कोभिड महामारीसँग जुझ्न नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसल्सलाई खोप अनुदानमा वितरण गरिने छ ।  ‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ। बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं।’, बिज्ञप्तिमा उल्लेख छ ।

यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १–३ माघसम्म भारत भ्रमणका क्रममा नेपालका तीन प्रतिशत जनतालाई पुग्ने खोप उपलब्ध गराउन अनुरोध गरेका थिए । नेपालले पहिलो चरणमा ४७ लाख डोज उपलब्ध गराउन भारत सरकारलाई अनुरोध गरेको छ ।

 छिमेकी भारतले तीन प्रतिशत नेपालीलाई खोप अनुदानमा उपलब्ध गराउने वचन दिदैं समझदारीपत्रको मस्यौदा पनि आदान–प्रदान भइसकेको छ । भारतले कति खोप दिने भन्ने बारेमा भने आज मात्र घोषणा हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड खोप भण्डारण गर्ने गरी तयारी समेत गरिरहेको छ । व्यवस्थापन महाशाखाका अनुसार देशभर २८ वटा कोल्डरुम रहेकोमा ११ वटालाई खाली गरेर कोभिड खोप मात्रै भण्डारण गर्ने छ ।

जसअन्तर्गत उपत्यकामा दुई कोल्ड रुमलाई कोभिड खोप भण्डारण गर्ने गरी तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयमा दुईवटा कोल्ड रुममा ४२ लाख १४ हजार पाँच सय ६० डोज भ्याक्सिन अट्ने छन् ।

प्रकाशित मिति: ०८:४१ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्