Kathmandu Press

काँग्रेससँग आफ्नो समझदारी हुने प्रचण्डको विश्वास, देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार 

काठमाडौं, माघ ७ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई स्वीकार...
काँग्रेससँग आफ्नो समझदारी हुने प्रचण्डको विश्वास, देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार 

काठमाडौं, माघ ७ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई स्वीकार गर्ने बताएका छन् ।

प्रचण्डले मंगलबार बेलुकी एक टेलिभिजनमा अन्तवार्ता दिँदै संविधान र प्रणाली बचाउका लागि देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ ।

उनले अबको केही दिनमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने पनि खुलाएका छन् । प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । ’ प्रचण्डले नेपाली कांग्रेस र आफूहरूका बीचमा समझदारी हुने विश्वास गरेका छन्।

कांग्रेस निरन्तर रूपमा लोकतान्त्रिक प्रणालीमा रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कदमविरूद्धमा कांग्रेससँग आफूहरूको समझदारी हुने बताएका हुन् । 

प्रकाशित मिति: ०८:१५ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्