Kathmandu Press

चेल्सीलाई हराउँदै प्रिमियर लिगको शिर्ष स्थानमा लेस्टर सिटी 

काठमाडौं, माघ ७ : इग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सीलाई २-० गोलले हराउँदै लेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।लेस्टरका लागि...
चेल्सीलाई हराउँदै प्रिमियर लिगको शिर्ष स्थानमा लेस्टर सिटी 

काठमाडौं, माघ ७ : इग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सीलाई २-० गोलले हराउँदै लेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

लेस्टरका लागि वेल्फ्रेड नेडिडी र जेम्स मेडिसनले गोल गरे। जितपछि लेस्टर म्यान्चेष्टर युनाईटेडलाई पछि पार्दै ३८ अंकसहित शीर्ष स्थानमा पुगेको हो। एक खेल कम खेलेको युनाईटेडको ३७ अंक छ।

यस्तै तेस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३५ र चौथो स्थानको लिभरपुलको ३४ अंक छ। हार व्यहोरेको चेल्सी २९ अंकसहित आठौ स्थानमा झरेको छ।

गएराति नै भएको खेलमा वेष्ट ह्यामले वेष्ट ब्रमुमलाई २-१ ले हरायो । 

प्रकाशित मिति: ०७:३७ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्