Kathmandu Press

अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा बाइडनले आज पदभार ग्रहण गर्दै, ट्रम्प कार्यक्रममा नजाने

काठमाडौं, माघ ७ : अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि शपथ ग्रहणसहित पदभार ग्रहण गर्ने...
अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा बाइडनले आज पदभार ग्रहण गर्दै, ट्रम्प कार्यक्रममा नजाने

काठमाडौं, माघ ७ : अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि शपथ ग्रहणसहित पदभार ग्रहण गर्ने भएका छन् ।

नेपाली समय अनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ ग्रहण गरेपछि उनीहरुको कार्यकाल सुरु हुनेछ । अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ।  क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ।

Hardik ivf

कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो। गत ६ जनवरीमा रिपब्लिकन पार्टीका समर्थकले क्यापिटल हिलमा गरेको हिंसात्मक गतिविधिपछि राष्ट्रपतिको शपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको अमेरिकन एजेन्सीहरूले जनाएका छन्। अमेरिकाको राजधानी वासिङ्टन डिसी लगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ।

शपथ कार्यक्रममा हिंसात्मक गतिविधि हुन सक्ने आशंकाका साथ सुरक्षा व्यवस्था कडा बनाइएको एजेन्सीहरूले जनाएका छन्। यस्तै बहिर्गमन हुन लागेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण गरेको हेर्ने परम्परा भएपनि बाइडेनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प सहभागि नहुने भएका बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति: ०७:२९ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्