Kathmandu Press

ट्रम्पको बिदाइ सम्बोधन : मेलमिलापको आशय झल्कियो 

काठमाडौं, माघ ७ : आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्।हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट...
ट्रम्पको बिदाइ सम्बोधन : मेलमिलापको आशय झल्कियो 

काठमाडौं, माघ ७ : आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्।

हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिएका छन्।

अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ, उनले भने। हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।

उनले आफ्नो बिदाइ सम्बोधनमा आफ्नो प्रशासनको उपलब्धिबारे, घरेलु नीतिबारे, विदेश नीतिबारे, क्यापिटल दङ्गाबारे र आफ्नो विरासतबारे बोलेका थिए । 

प्रकाशित मिति: ०७:२३ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्