Kathmandu Press

 ‘निर्मला हत्या प्रकरण सल्टाउनु पहिलो प्राथमिकता’    

प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पहिलो प्राथमिकतामा राखेर अनुसन्धानमा जुट्ने बताएका छन् ।     
 ‘निर्मला हत्या प्रकरण सल्टाउनु पहिलो प्राथमिकता’    

महेन्द्रनगर–  हालसालै कञ्चनपुर प्रहरीको नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पहिलो प्राथमिकतामा राखेर अनुसन्धानमा जुट्ने बताएका छन् ।
     
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सरुवा भई कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न पुगेका प्रहरी उपरीक्षक चतुर्वेदीले निर्मला प्रकरणको हरेक आयामबाट सुक्ष्म अनुसन्धान भइरहेको बताए । ‘म स्वयं घटनाको अनुसन्धानका लागि केही महिना कञ्चनपुरमा यसअघि पनि बसेको थिए,’ उनले भने, ‘उक्त प्रकरणमा जोसुकै भए पनि तथ्य भेटिए छोडिन्न ।’     

उनले निर्मला प्रकरणमा बिना तथ्य कुनै पनि व्यक्तिसित घटना जोड्नु गलत भएको बताए । ‘अनुसन्धान गर्ने प्रहरी हो, केही तथ्य भए राज्यलाई सहयोग गर्नुहोस्,’ उनले भने, ‘जिल्लाको शान्ति सुरक्षासँगै यो प्रकरणमा गम्भीर भएर इमान्दारिताका साथ लाग्ने योजनामा छु ।’ उनले घटनाको अनुसन्धानका लागि लामो समयदेखि ब्युरोको टोली कञ्चनपुरमै खटिएको बताए ।

प्रकाशित मिति: २०:२३ बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्