Kathmandu Press

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निषेधाज्ञा लागू

नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताबीच सोमबार साँझ झैझगडा भएको विषयलाई लिएर मंगलबार बिहान दुवै पक्षबीच झडप हुँदा वडाध्यक्ष शाही र भीड नियन्त्रण गर्ने क्रममा भीडले ढुंगा प्रहार गर्दा ३ जना प्रहरी घाइते भएका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निषेधाज्ञा लागू

रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकामा  अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर आज साँझ ५ बजेदेखि लागु हुने गरी  नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

‘नगरपालिका क्षेत्रमा केही समूहहरुबाट अनावश्यक भेला हुने, आवाञ्छित गतिविधिहरु गरी शान्ति भंग गर्न खोज्ने प्रयास गरिरहेको हुँदा साँझ ५ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि देहायका कार्य गर्न निषेध गरिएको छ,’ सूचनामा उल्लेख छ ।

पाँचभन्दा बढी व्यक्ति भेला हुन, सार्वजनिक सवारी सञ्चालन गर्न, उद्योग व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।

नेपाली कांग्रेस र नेकपा (प्रचण्ड) माधव समूहका कार्यकर्ताबीच सोमबार साँझ पूर्व रिसईबीका कारण झैझगडा भएको विषयलाई लिएर मंगलबार बिहान दुवै पक्षबीच झडप हुँदा वडाध्यक्ष शाही र भीड नियन्त्रण गर्ने क्रममा भीडले ढुंगा प्रहार गर्दा ३ जना प्रहरी घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य रहेको छ । 

स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)लगायतका प्रहरी युनिट र सशस्त्र प्रहरी बल समेतबाट थप सुरक्षाकर्मीको टोली उक्त स्थानमा खटिई  स्थितिलाई नियन्त्रणमा लिने प्रयास भएको   छ ।

प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्