Kathmandu Press

त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि हातपात

काठमाडाैं, माघ ६ : काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि आक्रमण भएको छ। कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले...
त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि हातपात

काठमाडाैं, माघ ६ : काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि आक्रमण भएको छ। 

कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर सविन भण्डारीमाथि हातपात गरेका हुन्।

शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासका अनुसार मिस कम्युनिकेसनका हातपात भएको हो।

निमोनियाको बिरामी रहेका उनमा बुटवलमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो। उनलाई उपचारको क्रममा भाइरल इन्फेक्सनको शंका लागेपछि इन्फ्लुएञ्जाको परीक्षणको लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

टेकुमा गरिएको इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएको डा. दासले बताए। 

पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको थियो। आईसीयूमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएपछि बिरामीको आफन्तले डाक्टरमाथि हातपात गरेका हुन्।

मृतकका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरेको डा. दासले बताए।

प्रकाशित मिति: १६:०३ बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्