Kathmandu Press

अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

ब्युनस आयर्स, माघ ६ : दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा...
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

ब्युनस आयर्स, माघ ६ : दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ। 

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो। तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले जनाएको छ। 

भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो। यो भूकम्प जमिनको सतहबाट करिब २० किलोमिटर गहिराईमा गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। 

भूकम्पको केन्द्र सान जुआन प्रान्तको पोसिटी नगर क्षेत्र नजिक रहेको थियो। यो ठाउँ अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट करिब एक हजार किलोमिटर टाढा छ। 

भूकम्पका कारण सान जुआन प्रान्तका कतिपय शहर बजारमा केहीबेर विद्युत आपूर्ति बन्द भएको थियो। 

भूकम्पको धक्का मेन्डोजा, कोर्डोबा, सान्ता फे, ला रियोजो र ब्युनस आयर्स प्रान्तमा पनि महशुस गरिएको थियो।

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्