Kathmandu Press

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट : भारतको रोमाञ्चक जित

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट : भारतको रोमाञ्चक जित

ब्रिस्बेन, माघ ६ : भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ। यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ। 

ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो पटक भारतसँग पराजित भएको छ। 

पाँचौं दिन ४ रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको चुनौती ३ ओभर बाँकी रहँदा सात विकेट गुमाएर पूरा गरेको थियो। अन्तिम ३ ओभरमा भारतलाई जितका लागि ३ रन चाहिएको अवस्थामा रिषभ पन्तले विजयी चौका प्रहार गरेका थिए। 

भारतका लागि रिषभ पन्तले अविजित ८९ रन बनाएका थिए। भारतका लागि अन्य खेलाडीहरु शुभमन गिलले ९१, चेतेश्वर पुजाराले ५६, कप्तान अजिन्क्य रहाणेले २४, मयन्क अग्रवालले ९, वासिङटन सुन्दरले २२, रोहित शर्माले ७ र शार्दुल ठाकुरले २ रन बनाएका थिए। 

ब्रिस्बेनको गाब्बा क्रिकेट मैदानमा यतिठूलो स्कोर पछ्याएर कुनै पनि टिमले खेल जितेको यो पहिलो अवसर पनि हो। 

भारतका पन्तले प्लेयर अफ द म्याच तथा अस्ट्रेलियाका प्याट कमिन्सले प्लेयर अफ द सिरिजको पुरस्कार पाए। 

अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा दोस्रो इनिङमा २९४ रन बनाएको थियो भने भारतले पहिलो इनिङमा ३३६ तथा दोस्रो इनिङमा ३२९ रन बनाएको थियो।

प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्