Kathmandu Press

भारतमा कोरोनाविरुद्ध खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं, माघ ६ : भारतमा कोरोना भाइरसविरुद्धका खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ। शनिबार कोरोनाविरुद्धको खोप लगाएका उनीहरुको हृदयघातको कारण मृत्यु भएको...
भारतमा कोरोनाविरुद्ध खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं, माघ ६ : भारतमा कोरोना भाइरसविरुद्धका खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ। शनिबार कोरोनाविरुद्धको खोप लगाएका उनीहरुको हृदयघातको कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको आइतबार साँझ मृत्यु भएको हो।

त्यस्तै कर्नाटकका ४३ वर्षीय अर्का स्वास्थ्यकर्मीको सोमबार मृत्यु भएको छ। 

भारतमा शनिबारदेखि सुरु भएको कोरोना खोप कार्यक्रमअन्तर्गत खोप लिएका धेरै मानिसहरुमा यसको नकारात्मक असर देखिएको छ। अहिलेसम्म भारतका तीन लाख ८१ हजार स्वास्थ्यकर्मीले कोरोना खोप लिएका छन्। जसमध्ये ५८० जनामा खोपको नकारात्मक असर देखिएको छ भने सातजनालाई अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित मिति: १४:१० बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्