ललितपुरको लुभुमा एक दम्पत्ति मृत फेला
ललितपुर, माघ ६ : ललितपुरस्थित लुभुमा एक दम्पत्ति बन्द कोठामा मृत अवस्थामा भेटिएका छन्।सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया...
ललितपुर, माघ ६ : ललितपुरस्थित लुभुमा एक दम्पत्ति बन्द कोठामा मृत अवस्थामा भेटिएका छन्।
सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन्।
उनीहरु स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका थिए।
उनीहरुको शवसँगै प्रहरीले सल्फस नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ।
प्रहरीका अनुसार उनीहरुको पाँच महिना अघि मात्रै विवाह भएको थियो।घटनास्थलबाट बरामद गरिएको मोबाइल प्रहरीलदे परिक्षणको लागि पठाएको छ।
दुवै जनाको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रकाशित मिति: १३:११ बजे, मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











