Kathmandu Press

भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक चल्दा १३ जनाको मृत्यु

काठमाडौं, माघ ६ : भारतको गुजरातस्थित सुरतको कोसम्बानजिक सडक छेउमा सुतिरहेका मजदुरमाथि ट्रक गुडेको छ। ट्रकले किच्दा १३ जना मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार...
भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक चल्दा १३ जनाको मृत्यु

काठमाडौं, माघ ६ : भारतको गुजरातस्थित सुरतको कोसम्बानजिक सडक छेउमा सुतिरहेका मजदुरमाथि ट्रक गुडेको छ। ट्रकले किच्दा १३ जना मजदुरको मृत्यु भएको छ। 

प्रहरीका अनुसार ती सबै कामदारहरु राजस्थानस्थित बाँसवाडा जिल्लाको कुशलगढका हुन्। प्रहरीका अनुसार सामानले भरिएको ट्रक ट्याक्टरसँग ठोक्किएर अनियन्त्रित भइ सुतिरहेका मजदुरमाथि गुड्न पुगेको थियो।

फुटपाथमा १८ जना मजदुर सुतेका थिए। दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। 

दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई राष्ट्रिय राहत कोषबाट दुई लाख र घाइते भएकालाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन्। 

प्रकाशित मिति: १२:१९ बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्