Kathmandu Press

संसद् विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस सुरु

काठमाडौं, माघ ६ : संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा संवैधानिक इजलासमा बसह सुरु भएको छ।आइतबारदेखि यो मुद्दामा निरन्तर बहस चलिरहेको छ। आज...
संसद् विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस सुरु

काठमाडौं, माघ ६ : संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा संवैधानिक इजलासमा बसह सुरु भएको छ।

आइतबारदेखि यो मुद्दामा निरन्तर बहस चलिरहेको छ। आज निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्।

सोमबार पनि निवेदकहरुका तर्फबाटै बहस भएको थियो। उनीहरुले संसद् विघटन गर्न पाउने प्रधानमन्त्रीलाई अधिकार नभएको जिकिर गरेका थिए।

सोमबार दुई जना वकिलले बहस गरेका थिए। लामोलामो बहस गरेकाले धेरैले बहस गर्न पाएका थिएनन्।

आज पनि निवेदक पक्षका वकिलहरुले बहस गर्नेछन्। उनीहरुको बहस सकिएपछि मात्रै सरकारी पक्षका वकिलले बहस गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सर्वोच्च अदालतमा १३ रिट परेका थिए। ति सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ।

प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्