Kathmandu Press

एक साता सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, माघ ६ : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक साता सरेको छ।आज बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गतेका लागि सरेको हो।...
एक साता सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, माघ ६ : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक साता सरेको छ।

आज बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गतेका लागि सरेको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते  दिउँसो १ बजे बस्ने बताए।

यसअघि पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको थियो। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गते सारिएको थियो।

केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो।

बैठकले यससम्बन्धी धारणा बनाउने जनाएको छ। कांग्रेसलाई प्रतिनिधिसभा विघटन गराउने कदमलाई असंवैधानिक भनेको छ।

यसका विरुद्धमा कांग्रेसले माघ ३ गते सबै स्थानीय तहमा प्रदर्शन गरेको थियो। अब माघ ८ गते देशभरका सबै ६ हजार सात सय ४३ वडामा विरोध प्रदर्शन गर्ने तयारी छ।

 

प्रकाशित मिति: १०:३१ बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्