विद्यार्थी बोकेको बस दुर्घटना, पाँच घाइते
मोरङ, माघ ६ : मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना घएको छ। दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन्।आज बिहान बा २ ख...
मोरङ, माघ ६ : मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन्।
आज बिहान बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका ९ को भेडुवाथानमा दुर्घटना भएको हो। डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस एक्कासी अगाडि आएको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
बसमा विराटनगरको मेरिल्यान्ड कलेजका विद्यार्थी रहेका थिए। दुर्घटनामा रतुवामाई नगरपालिका ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ। उनीहरुको अवस्था सामान्य रहेको जनाएको छ।
प्रकाशित मिति: १०:०१ बजे, मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











