Kathmandu Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार 

काठमाडौं, माघ ६ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १३७...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार 

काठमाडौं, माघ ६ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ९ हजार ९७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख ८२ हजार ६४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख २७ हजार ८५२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०७:१९ बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्