Kathmandu Press

बिग बासमा सन्दीपको टिमले छैटौंपटक‌ जित्यो

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको टिम होबर्ट हुरिकेन्सले बिग बास लिगमा छैटौं जित निकालेको छ। प्रतियोगितामा छैटौं जित निकाल्ने क्रममा होबर्टले सिड्नी थन्डरलाई ६ विकेटले हरायो ।

पहलिा ब्याटिङ गर्दै सिड्नीले दिएको १७८ रनको लक्ष्य हुरिकेन्सले १८ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि बेन म्याकडेरमोटले ९६ रनको उत्कृष्ट इनिङ खेले । उनले ५६ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । 

यस्तै, डेविड मलानले २८ बलमा ४२ रन बनाउँदा कप्तान पिटर ह्यान्डसकोम्ब २१ रनमा नटआउट रहे । सिड्कीका तवनिर सांघाले २ लिए । 

यसअघि पहिला ब्याटिङ गरेको सिड्नीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । उसका लागि  साम विलिङ्सले सर्वाधिक ५० रन बनाउँद एलेक्स हल्सले २९, कालुम फर्गुसनले २३ रनको योगदान दिए । 

हुरिकेन्सका स्कट बोलान्डले ४ विकेट लिए भने नाथल इलिसले १ विकेट लिए । सन्दीप लामिछाने भने विकेट विहीन रहे । उनले ४ ओभरमा २८ रन खर्चिए । 

जितसँगै ११ खेलमा २३ अंक जोडेको हुरिकेन्स चौथो स्थानमा उक्लिएको छ । समान २३ अंक नै जोडेको सिड्नी थन्डर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: १७:४४ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्