Kathmandu Press

उपत्यकामा थपिए कोरोनाका १६३ नयाँ संक्रमित

काठमाडौं, माघ ५ : काठमाडौं उपत्यकामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये काठमाडौंका १४१, भक्तपुरमा ७...
उपत्यकामा थपिए कोरोनाका १६३ नयाँ संक्रमित

काठमाडौं, माघ ५ : काठमाडौं उपत्यकामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये काठमाडौंका १४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जना रहेका छन्। 

मन्त्रालयका अनुसार हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ। 

मन्त्रालयका अनुसार हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १६:५१ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्