Kathmandu Press

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, माघ ५ : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार योसँगै देशभर कोरोनाबाट...
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, माघ ५ : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ। 

मन्त्रालयका अनुसार हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्