Kathmandu Press

थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ५ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार ३०६ जनामा गरिएको परीक्षणमा सोमबार थप ३२२...
थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ५ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार ३०६ जनामा गरिएको परीक्षणमा सोमबार थप ३२२ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ। 

मन्त्रालयका अनुसार हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १६:४८ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्