बेलायतबाट आएका तीन नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण
केही दिनअघि बेलायतबाट नेपालका आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौं– केही दिनअघि बेलायतबाट नेपालका आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जनामध्ये २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको हो ।
विज्ञप्तिमा उल्लेख छ, ‘३ जनामा (२८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको छ ।’ मन्त्रालयका अनुसार तीन जनामध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ । ६७ वर्षीय पुरुषको रिपोर्ट भने पोजिटिभ नै रहेको बताइएको छ ।

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











