Kathmandu Press

संसद् विघटनविरुद्धको मुद्दामा बहस गर्न १८८ अधिवक्ता

काठमाडौं, माघ ५ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ। यसमा बहस गर्न दर्जनौं अधिवक्ताहरुले वकालतनामा भरेका...
संसद् विघटनविरुद्धको मुद्दामा बहस गर्न १८८ अधिवक्ता

काठमाडौं, माघ ५ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ। यसमा बहस गर्न दर्जनौं अधिवक्ताहरुले वकालतनामा भरेका छन्।

संवैधानिक इजलासमा सोमबार दिउसो १२ बजेदेखि बहस जारी रहेको छ। निवेदन पक्षकै कानुन व्यवसायीले बहस गरिरहेका छन्। आइतबार पनि निवेदक पक्षकै कानुन व्यवसायीले बहस गरेका थिए।

यसमा बहसका लागि निवेदक पक्षका थुप्रै अधिवक्ताले वकलातनामा परेका छन्। निवेदकका तर्फबाट एक सय ८८ अधिवक्ताले बहसका लागि वकालतनामा परेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बताए।

संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका छन्। सबै रिट निवेदकको तर्फबाट अधिवक्ताहरुले बहसका लागि वकालतनामा भरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। त्यसका विरुद्ध दलहरुले विरोध प्रदर्शन पनि गर्दै आइरहेका छन्।

 

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्