आगामी निर्वाचनको लागि आठ अर्ब रुपैयाँ आवश्यक पर्ने आयोगको अनुमान
काठमाडौं, माघ ५ : निर्वाचन आयोगले आगामी निर्वाचनको लागि आठ अर्ब रुपैयाँ भन्दा बढी रकम आवश्यक पर्ने अनुमान गरेको छ। आइतबार राजनीतिक दलहरुसँग गरेको छलफलमा...
काठमाडौं, माघ ५ : निर्वाचन आयोगले आगामी निर्वाचनको लागि आठ अर्ब रुपैयाँ भन्दा बढी रकम आवश्यक पर्ने अनुमान गरेको छ।
आइतबार राजनीतिक दलहरुसँग गरेको छलफलमा आयोगले निर्वाचन खर्चबारे सामान्य छलफल गरेको जनाएको हो।
आयोगले आइतबार नै खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको छ।
सरकारले वैशाख १७ र २७ मा चुनाव गर्ने तय गरेपनि प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। यसबारे निरन्तर सुनुवाइ चलिरहेको छ।
प्रकाशित मिति: १३:०७ बजे, सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











