Kathmandu Press

सुडान आक्रमणमा ४८ जनाको मृत्यु, ९७ घाइते    

सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाद्वारा गरिएको आक्रमणमा  ४८ व्यक्तिको मृत्यु भएको छ ।
सुडान आक्रमणमा ४८ जनाको मृत्यु, ९७ घाइते    
Hardik ivf

सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाद्वारा गरिएको आक्रमणमा  ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्युज एजेन्सी)ले जानकारी गराएको छ ।     
     
उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका छन् ।  ‘शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याकअनुसार ४८ जना मारिएका र ९७ जना घाइते भएका छन्,’ सुनाले लेखेको छ ।

सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले जनाएको छ ।   यसैबीच सुडानको मन्त्रिपरिषद्ले एल जेनिनालाई अवस्थाको मूल्याङ्कन गरी अवस्थालाई शान्त बनाउन तथा राज्यमा शान्ति र स्थायित्व कायम गर्न तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको जनाएको छ ।     
     
महान्यायाधिवक्ता ताज अल–सर अली अल–हेब्रोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सुरक्षा, सैन्य र न्यायिक निकायका प्रतिनिधिहरू सामेल गरिएको छ ।     
     
 

प्रकाशित मिति: १२:१७ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्