Kathmandu Press

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रद्वारा लोडसेडिङको तालिका सार्वजनिक

काठमाडौं, माघ ५ : नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। मागअनुसार आपूर्ति धान्न नसकेको भन्दै लोडसेडिङको तालिका सार्वजनिक...
नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रद्वारा लोडसेडिङको तालिका सार्वजनिक

काठमाडौं, माघ ५ : नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। मागअनुसार आपूर्ति धान्न नसकेको भन्दै लोडसेडिङको तालिका सार्वजनिक गरेको हो। 

प्रधिकरणद्वारा जारी सूचनामा जुम्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जनाइएको छ। 

सूचना अनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ। पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ।

जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली नभएको कारण जुम्लावासीले स्थानीय साना जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बाल्दै आएका छन्।

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्