Kathmandu Press

भारतमा सवा दुई लाखलाई खोप, ४४७ बिरामी

काेराेना भाइरसविरुद्धकाे खाेप पहिलाे चरणमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी, नगर निगमका कर्मचारी र सरसफाइ कर्मचारीलाई लगाइएकाे छ। जसमध्ये सयाैंमा सामान्य समस्या देखिएकाे छ भने केहीलाई अस्पताल भर्ना गर्नुपरेकाे छ।
भारतमा सवा दुई लाखलाई खोप, ४४७ बिरामी

काठमाडौं, माघ ५ : भारतमा कोरोना भाइरसविरुद्धको खोप धमाधम लगाइएको छ। खोप लगाउने सयौं जना बिरामी पनि परेका छन्।

भारतमा शनिबारदेखि खोप लगाउन थालिएको हो। दुई दिनमा दुई लाख २४ हजार तीन सय एक जनालाई खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये चार सय ४७ जना बिरामी परेका हुन्।

खोप लगाउनका लागि तीन हजार खोप केन्द्र राखिएको छ। जसमा दैनिक एक सय जनालाई खोप लगाउन सकिने जनाएको छ। जसअनुसार, दैनिक तीन लाख जना खोप लगाउन सक्नेछन्।

Hardik ivf

खोप लगाएकामध्ये चार सय ४७ जनामा समस्या देखिएको हो। चार सय ४७ जनामा दुख्ने, सुन्निने, ज्वरो आउनेलगयातका समस्या देखिएका छन्। उनीहरुमध्ये तीन जना भने गम्भीर भएका छन्। तीनै जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ।

भारतमा पहिलो चरणमा फ्रन्ट लाइनमा खटिएका स्वस्थ्यकर्मीलगायतलाई खोप लगाइँदै छ। हप्तामा चार दिन खोप लगाइने जनाएको छ।

पहिलो चरणमा तीन करोडलाई खोप लगाउने योजना छ। जसमा स्वास्थ्यकर्मी, नगर निगमका कर्मचारी, सरसफाइ कर्मचारी रहेका छन्।

यसपछि दोस्रो चरणमा २७ करोडलाई खोप लगाउने तयारी छ। जसमा दिर्घरोगी, बृद्धबृद्धालगायत रहेका छन्।

अहिले भारतमै उत्पादन भएको कोभिसिल्ड र कोभ्याक्सिन खोप लगाउन थालिएको हो। बेलायतको कम्पनीसँग मिलेर सेरम इन्स्टिच्युटले कोभिसिल्ड उत्पदान गरेको हो भने भारतकै कम्पनी भारत बायोटेकले कोभ्याक्सिन उत्पादन गरेको हो।

कोभिसिल्डको ५५ लाख र कोभ्याक्सिनको एक करोड १० लाख डोज खोप रहेको जनाएको छ। कोभिसिल्डमा खासै समस्या नदेखिएपछि भारतकै उत्पादन कोभ्याक्सिनमा समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: ११:५२ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्