कोरोनाबाट कानुन व्यवसायी सिंहको निधन
धनगढी, माघ ५ : कोरोना भाइरसको संक्रमणबाट बैतडीका कानुन व्यवसायी उत्तम केशरी बहादुर सिंहको निधन भएको छ।उनको आज बिहान ४ बजे धनगढीस्थित सेती...
धनगढी, माघ ५ : कोरोना भाइरसको संक्रमणबाट बैतडीका कानुन व्यवसायी उत्तम केशरी बहादुर सिंहको निधन भएको छ।
उनको आज बिहान ४ बजे धनगढीस्थित सेती अस्पतालमा निधन भएको हो। उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।
श्वासप्रश्वासमा समस्या भएपछि बैतडी जिल्ला अस्पताल भर्ना भएका सिंहलाई पुस २३ गते कोरोना संक्रमण देखिएको थियो। स्वास्थ्य गम्भीर बन्दै गएपछि धनगढी ल्याइएको थियो।
उनको आईसीयूमा राखेर उपचार चलिरहेको थियो। आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ।
प्रकाशित मिति: १०:४१ बजे, सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











