म्यानचेस्टर युनाईटेड र लिभरपुलले खेले बराबरी
काठमाडौं, माघ ५ : इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ ।लिभरपुलको मैदानमा गएराति भएको खेल...
काठमाडौं, माघ ५ : इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ ।
लिभरपुलको मैदानमा गएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो । कठिन खेलबाट १–१ अंक बाँडेपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको शिर्ष स्थानमा आफ्नो पकड बनाइराख्यो । लिभरपुल भने यो बराबरीपछि चौथो स्थानमा झरेको छ ।
१८ खेलबाट म्यान्चेस्टर युनाईटेडको ३७ अंक भएको छ भने लिभरपुलको ३४ अंक छ । १७ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिंदा समान ३५ अंक जोडेको लेष्टर सिटी गोल अन्त्रको आधारमा तेस्रो स्थानमा झरेको छ । यस्तै, म्यान्चेस्टर सिटीले गएराति क्रिष्टल प्यालेसमाथि ४–० को जित निकाल्यो ।
खेलमा म्यान सिटीका लागि जोन स्टोन्सले दुई गोल गर्दा इके गुन्डोगान र राहिम स्टर्लीङले एक एक गोल गरे । गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले शेफिल्ड युनाईटेडलाई ३–१ ले हरायो ।











