Kathmandu Press

कुटोले हानेर श्रीमतीको हत्या गरेकाे अभियोगमा एक जना पक्राउ

५७ वर्षीया श्रीमती रमाकुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका–५ बेजाड बस्ने बुद्धि दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
कुटोले हानेर श्रीमतीको हत्या गरेकाे अभियोगमा एक जना पक्राउ

पाल्पा– ५७ वर्षीया श्रीमती रमाकुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका–५ बेजाड बस्ने बुद्धि दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बुद्धिले शनिबार साँझ बारी खन्ने कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि रामपुर अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनकोआइतबार बिहान मृत्यु भएको हो । 

प्रकाशित मिति: १७:२२ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्