Kathmandu Press

कोभिड खोप अभियानको पहिलो दिन दिल्लीमा ५२ जनामा साइड इफेक्ट

भारतको राजधानी नयाँदिल्लीमा कोभिड(१९ विरुद्ध खोप अभियानको पहिलो दिन ५२ जनामा साइड इफेक्ट देखिएको छ। दिल्लीमा पहिलो दिन खोप लगाउने चार हजार ३१९ स्वास्थ्य कर्मचारीमध्ये एक जनालाई खोप लगाएपछि अस्पताल भर्ना गर्नुपरेको थियो। 

दिल्ली सरकारले राजधानीको ११ वटै जिल्लामा डिस्ट्रिक्ट मजिस्ट्रेट (डीएम) ले तयार पारेको रिर्पोटअनुसार दक्षिण जिल्लामा १२ र दक्षिण–पश्‍चिममा ११ केस देखिए ।

त्यस्तै, पूर्वी जिल्लामा पाँचवटा केस देखिएका छन्। दक्षिण–पूर्वी र नयाँदिल्लीमा पाँच–पाँच केस देखिएका छन्। बाँकी १३ केस अन्य पाँच जिल्लाका हुन् ।कोभिड–१९ विरुद्ध खोप लिएका व्यक्तिहरूलाई एलर्जी, टाउको दुख्ने, बिमिरा आउने, श्वासप्रश्‍वासमा समस्या तथा मुटुको धड्कन बढ्ने समस्या देखिएको छ ।

प्रकाशित मिति: १६:०७ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्