निर्वाचन आयोगद्वारा माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव

काठमाडौं, माघ ४ : निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्न राजनीतिक दलहरुसँग छलफल गरेको छ।
आयोगले आज राजनीतिका दलहरुसँग गरेको छलफलमा माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने र त्रुटि भए सच्याउन १६ र १७ गते निवदेन दिने प्रस्ताव गरेको हो।
प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा संवैधानिक इजलासमा अझै विचाराधीन छ।
प्रकाशित मिति: १६:०५ बजे, आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











