Kathmandu Press

शल्यक्रियापछि विरामीको मृत्यु, आफन्तले गरे क्लिनिक तोडफोड

काठमाडौं, माघ ४ : विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा विरामीको मृत्यु भउपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्। पित्तथैलीको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी बेलबारी...
शल्यक्रियापछि विरामीको मृत्यु, आफन्तले गरे क्लिनिक तोडफोड

काठमाडौं, माघ ४ : विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा विरामीको मृत्यु भउपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्। पित्तथैलीको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको शुक्रबार मृत्यु भएको हो। 

उनको मृत्युपछि आक्रोशित बनेका आफन्त र स्थानीयले क्लिनिक तोडफोड गरेका हुन्। चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन्।

राई पुस २८ गते विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना भएकी थिइन्। उनको सोही दिन शल्यक्रिया भएको थियो। तर शल्यक्रियापछि उनको अवस्था जटिल बन्दै गएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो।

क्लिनिकको लापरबाहीका कारण राईको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्