Kathmandu Press

राष्ट्रिय अनुसन्धान विभाग बाँकेका कर्मचारी मृत फेला

काठमाडौं, माघ ४ : राष्ट्रिय अनुसन्धान विभाग बाँकेका एक कमर्मचारी मृत अवस्थामा भेटिएका छन्। नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या...
राष्ट्रिय अनुसन्धान विभाग बाँकेका कर्मचारी मृत फेला

काठमाडौं, माघ ४ : राष्ट्रिय अनुसन्धान विभाग बाँकेका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्। नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या भएको अवस्थामा शव फेला परेको हो। 

सहायक सूचकको रुपमा कार्यरत थापाको सुरुमा मृतकको पहिचान हुन नसके पनि अनुसन्धानको क्रममा अनुसन्धान विभागमा कार्यरत कर्मचारी भएको खुलेको थियो।

बिहीबार साँझदेखि सम्पर्कविहीन भएका थापाको सोही दिन हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:०० बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्