Kathmandu Press

विश्वकै लामो  झोलुङ्गे पुलको उत्कृष्ट  नाम राख्नेलाई  २५ हजार पुरस्कार  

प्रमुख जनकराज पौडेलले उत्कृष्ट नाम दिने सर्जक/व्यक्तिलाई पुरस्कारस्वरुप  २५ हजार प्रदान गरिने घोषणा गरे ।
विश्वकै लामो  झोलुङ्गे पुलको उत्कृष्ट  नाम राख्नेलाई  २५ हजार पुरस्कार  
Hardik ivf

बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो (५६७ मि) झोलुङ्गे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान गरिएको छ । कालिगण्डकी नदीमाथि बनेको उक्त झोलुङ्गे पुलको शनिबार उद्घाटनका क्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उत्कृष्ट नाम दिने सर्जक/व्यक्तिलाई पुरस्कारस्वरुप  २५ हजार प्रदान गरिने घोषणा गरे ।
     
 ‘प्रक्रिया शुरु भइसक्यो, नाम आह्वानसहितको सार्वजनिक सूचना नगरपालिकाको वेभसाइटमा पनि रहन्छ, प्राप्त नाममध्येबाट छनोट समितिले उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्छौं,’ उनले भने । विश्वभर रहेका नेपालीले इमेललगायतका माध्यमबाट नाम पठाउन सकिने नगरपालिकाले जनाएको छ ।     
     
 विश्वकै लामो भनेर दाबी गरिएको उक्त झोलुङ्गे पुललाई राष्ट्रिय÷अन्तरराष्ट्रियस्तरमा पहिचान दिलाउने गरी नामकरण गर्न लागिएको हो । 

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्