अधिवक्ता भण्डारीको तर्क– संसद् मात्र नभई संविधान नै विघटन
प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आइतबार सुरु सुनुवाइमा रिट निवेदकतर्फका वरिष्ठ अधिवक्ता सन्तोष भण्डारीले संसद् नभई संविधान नै विघटन गरिएको तर्क अगाडि सारेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आइतबार सुरु सुनुवाइमा रिट निवेदकतर्फका वरिष्ठ अधिवक्ता सन्तोष भण्डारीले संसद् नभई संविधान नै विघटन गरिएको तर्क अगाडि सारेका छन् ।
‘संविधानलाई नै मार्न खोजिएको छ,’ उनले भने, ‘संसद्को सामना नै नगरी झुक्याएर विघटन गरिएको छ ।’
राष्ट्रपतिबाट संसद् विघटनको सिफारिस हतारमा पारित गरिएको उनको तर्क थियो । ८० जना सांसदले समवेदन दिँदा राष्ट्रपति कार्यालयका कोही सम्पर्कमा नआएको, तर विघटनको सिफारिस १५ मिनेटमै पारित गरिएको उनले बताए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
प्रकाशित मिति: १२:३८ बजे, आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार