Kathmandu Press

संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं, माघ ४ : संसद् विघटनविरुद्ध परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।प्रायः संवैधानिक इजलास बुधबार र शुक्रबार मात्रै बस्ने...
संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं, माघ ४ : संसद् विघटनविरुद्ध परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

प्रायः संवैधानिक इजलास बुधबार र शुक्रबार मात्रै बस्ने गरेको छ। तर, यो मुद्दामा शुक्रबार इजलासले निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको थियो।

त्यहिअनुसार, आज संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। आज निवेदकका तर्फबाट बहस सुरु भएको छ।

सुरुआतमा निवेदकतर्फका अधिवक्ता सन्तोष भण्डारीले बहस थालेका छन्। त्यसपछि सरकारी पक्षले निर्णयले बहस गर्नेछन्।

यहिक्रममा एमिकस क्युरीले अदालतलाई राय दिनेछन्। त्यसपछि अदालतले सरकारद्वारा प्रतिनिधिसभा विघटन संविधानसम्मत छ कि छैन भनेर फैसला गर्नेछ। यो प्रक्रियामा केही दिन लाग्नेछ।

 

प्रकाशित मिति: १२:३६ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्