नेकपा प्रचण्ड-नेपाल समूहको माघ ९ मा काठमाडौंमा प्रदर्शन
काठमाडौं, माघ ४ : प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहले माघ ९ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन्।नेकपाको केन्द्रीय संघर्ष समितिको बैठकले राजधानीमा...
काठमाडौं, माघ ४ : प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहले माघ ९ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएकाे छ।
नेकपाको केन्द्रीय संघर्ष समितिको बैठकले राजधानीमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो। राजधानीका विभिन्न स्थानबाट जुलुस निस्कने र मध्याह्न १२ बजे रत्नपार्कमा प्रदर्शन गरिने भएको छ।
केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगश भट्टराईले प्रेस विज्ञप्ति जारी गरि प्रदर्शनमा सहभागिताका लागि सबैलाई आह्वान गरेका छन्।
यसका लागि सोमबारदेखि गाउँगाउँमा प्रचारात्मक कार्यक्रम गर्ने जनाएको छ। प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र वडास्तरमा बैठक गर्ने नेकपाले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपाको प्रचण्ड-नेपाल समूहमा सडकमा उत्रिएको छ। देशव्यापी रुपमा विरोध प्रदर्शन गर्दै आएको छ।
प्रकाशित मिति: १०:५० बजे, आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











