Kathmandu Press

कास्की जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

पोखरा, माघ ४ : पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने...
कास्की जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

पोखरा, माघ ४ : पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले बताए।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जीपमा नौ जना सवार रहेकामा सात जना घाइते भएका छन्। उनीहरुको सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए।

पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप शनिबार साँझ राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १०:१८ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्