इङ्ग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा लेष्टर सिटी

काठमाडौं, माघ ४ : साउथ ह्याम्पटनलाई हराउँदै लेष्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा साउथ ह्याम्पटनमाथि २–० को जित निकाल्न लेष्टरका जेम्स म्याडिसन र हार्भे बार्न्सले एक–एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले फुल्हमलाई १–० ले हरायो ।
१० जनामा सिमित फुल्हमविरुद्ध चेल्सीलाई विजयी गराउन मेसन माउण्टले निर्णायक गोल गरे । गएराति वेष्ट ह्याम युनाईटेडले बर्न्लेलाई १–० ले हराउँदा वेष्ट ब्रोमले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–२ ले पराजित गर्यो ।
ब्राइटनले लिड्स युनाईटेडमाथि १–० को जित निकाल्यो । गएरातिका खेलपछि १७ खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड शिर्ष स्थानमा यथावत छ ।
एक खेल बढी खेलेको लेष्टर सिटी ३५ अंकसहित दोस्रो स्थानमा उक्लिंदा तेस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।
प्रकाशित मिति: ०७:५३ बजे, आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











