Kathmandu Press

भारतमा थपिए १५ हजार कोरोना संक्रमित 

काठमाडौ, माघ ४ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १८१...
भारतमा थपिए १५ हजार कोरोना संक्रमित 

काठमाडौ, माघ ४ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख ५८ हजार ७१० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ९६ हजार १८४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०७:४८ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्