Kathmandu Press

साढे तीन हजारको परीक्षण गर्दा २४० जनामा कोरोना

काठमाडौं, माघ ३ : देशभर पछिल्लो २४ घन्टामा थप दुई सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...
साढे तीन हजारको परीक्षण गर्दा २४० जनामा कोरोना

काठमाडौं, माघ ३ : देशभर पछिल्लो २४ घन्टामा थप दुई सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार आड सय १९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमा ८७ महिला र एक सय ५३ पुरुषमा कोरोना संक्रमण देखिएको हो।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ५६  पुगेको छ। त्यस्तै पछिल्लो समय थप चार सय ७७ निको भएका छन्।

योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४४ पुगेको छ। जसमा निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

अहिले देशभर चार हजार ५४ सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये दुई सय ३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन्।

शनिबारसम्म २० लाख आठ हजार नौ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक सय ३१ जनामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

जसमा ४२ महिला र ८९ पुरुष रहेका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ५४ पुगेको छ भने पछिल्लो २४ घन्टामा थप ६ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:४७ बजे, शनिबार, माघ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्