Kathmandu Press

आज तराईका ६ जिल्लामा जसपाको प्रदर्शन

काठमाडौं, माघ ३ : संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आज तराईमधेशका ६ जिल्लामा प्रदर्शन गर्न लागेको छ।प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा...
आज तराईका ६ जिल्लामा जसपाको प्रदर्शन

काठमाडौं, माघ ३ : संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आज तराईमधेशका ६ जिल्लामा प्रदर्शन गर्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गराएपछि जसपा पनि सडकमा आएको छ। सडक आन्दोलनकै क्रममा आज रौतहट, कपिलवस्तु, बारा, सिराहा, सर्लाही र सुनसरीमा प्रदर्शन गर्न लागेको हो।

तराईका ६ वटै जिल्लामा एकसाथ प्रदर्शन सुरु गर्ने कार्यक्रम छ। जसका लागि जसपाले केन्द्रीय नेतालाई पठाएको छ।

सुनसरीको धरानमा वरिष्ठ नेता अशोक राई, सर्लाहीको मलगंवामा वरिष्ठ नेता राजेन्द्र महतो, सिरहामा रेणुकुमारी यादव, बाराको कलैयामा जितेन्द्र सोनल, कपिलवस्तुको तौलिहवाका लागि मृगेन्द्रसिंह यादव र रौतहटमा अनिल झा र हिसिला यमी सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति: १२:३७ बजे, शनिबार, माघ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्