दम्भले भरिएका प्रधानमन्त्रीसँग मिलेर अघि बढ्ने सम्भावना छैन : माधव नेपाल
काठमाडौं, माघ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्ने सम्भावना नरहेको...
काठमाडौं, माघ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्ने सम्भावना नरहेको बताएका छन्।
संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली दम्भले भरिएको मान्छेसँग मिलेर बढ्ने सम्भावना नरहेको भन्दै नेकपा एकताको सम्भावना नरहेको बताएका हुन्।
उनले आफ्नो मन्तव्यको अधिकांश समय ओलीको आलोचनामा खर्चेका थिए।
‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन। उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न। उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो। उनले सत्ताको दुरुपयोग गरेका छन्,’ उनले भने, ‘उनले आफूलाई कामचलाउ होइन भनिरहेका छन्, कामचलाउ होइन भने उहाँ अवैधानिक प्रधानमन्त्री हो।’
प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











