Kathmandu Press

सातवटा कम्युनिस्ट पार्टीबीच एकता, ‘पुनर्गठित नेकपा (माओवादी केन्द्र)’ गठन

सातवटा कम्युनिस्ट पार्टीबीच एकता घोषणा भएको छ। रिपोर्टर्स क्लबमा शुक्रबार त्यसको घोषणा गरिएको हो।
सातवटा कम्युनिस्ट पार्टीबीच एकता, ‘पुनर्गठित नेकपा (माओवादी केन्द्र)’ गठन

सातवटा कम्युनिस्ट पार्टीबीच एकता घोषणा भएको छ। रिपोर्टर्स क्लबमा शुक्रबार त्यसको घोषणा गरिएको हो। सातवटा पार्टीबीच एकतापछि ‘पुनर्गठित नेकपा (माओवादी केन्द्र)’ गठन गरिएको छ। नयाँ पार्टीको अध्यक्षमा भविसोर पराजुली चयन भएका छन्।

नेकपा (गणतान्त्रिक), नयाँ नेपाल राष्‍ट्रिय पार्टी, नेपाल श्रमजीवि पार्टी, नेकपा (मार्क्सवादी), पूर्वजनमुक्ति सेना एकता पार्टी र थारू राष्‍ट्रिय मुक्ति मोर्चाबीच एकता भएको हो। पार्टी एकतामा सैद्धान्तिक, राजनीतिक र संगठनात्मक विषयमा खुला र मैत्रीपूर्ण विचारधारात्मक छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति पनि भएको छ।

कम्युनिस्टहरूबीच विभाजन आइरहँदा एकता अभियान सुरु गरिएको पार्टी अध्यक्ष पराजुलीले बताए। माओवादी आन्दोलनको इतिहास, भावना र विचारलाई नयाँ पार्टीले निरन्तरता दिने उनले बताए। ‘तत्कालीन माओवादी केन्द्रलाई पुनर्गठित गरेर यहाँसम्म आएका छौँ,’ पराजुलीले भने।

कार्यक्रममा वामपन्थी नेता दलवीर विश्‍वकर्माले एकता घोषणालाई ऐतिहासिक दिनको संज्ञा दिए। पुनर्गठित नेकपा (माओवादी केन्द)का सल्लाहकार विनोद आचार्यले सात पार्टीबाट नेपालको भविष्‍य राम्रो बन्‍ने विश्‍वास गरे।

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, माघ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्