घरबाटै सरकारी सेवा दिन 'नागरिक एप्स' सार्वजनिक
काठमाडौं– सरकारले आजबाट 'नागरिक एप्स' परीक्षणका लागि सार्वजनिक गरेको छ । हरेक सरकारी सेवालाई सूचना प्रविधिसँग जोड्न नागरिक एप्स सार्वजनिक गरिएको हो । एप्स...
काठमाडौं– सरकारले आजबाट 'नागरिक एप्स' परीक्षणका लागि सार्वजनिक गरेको छ । हरेक सरकारी सेवालाई सूचना प्रविधिसँग जोड्न नागरिक एप्स सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘एकै ठाउँबाट सबै प्रकारका सरकारी सेवा लिन सकिने परिकल्पनालाई साकार पारेको छ ।’
स्थानीय तहदेखि केन्द्र स्तरका सबै सरकारी सेवा यस एपमा समेटिएको बताइएको छ । ओलीले भने, ‘आगामी दिनमा नागरिकले झन्झट र दुःख झेल्नु नपर्ने गरी सवारी कर, लाइसेन्स, प्यान, लोकसेवा, मालपोतलगायतका सेवा आफ्नै मोबाइलबाट प्राप्त गर्ने गरी एप्सको विकास भएको छ ।’
सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गरेका हुन् । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ ।











