Kathmandu Press

जो बाइडेनले  सार्वजनिक गरे १९ खर्ब अमेरिकी डलरकाे राहत बजेट

बाइडेनले कोरोना महामारीबाट धराशायी बनेको अर्थतन्त्र सुधार्न १९ खर्ब अमेरिकी डलरबराबरको राहत बजेट सार्वजनिक गरेका हुन् । 
जो बाइडेनले  सार्वजनिक गरे १९ खर्ब अमेरिकी डलरकाे राहत बजेट
Hardik ivf

काठमाडौं–  नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीबाट धराशायी बनेको अर्थतन्त्रलाई सुधारेर पुरानै लयमा ल्याउन राहत बजेट सार्वजनिक गरेका छन् । बाइडेनले कोरोना महामारीबाट धराशायी बनेको अर्थतन्त्र सुधार्न १९ खर्ब अमेरिकी डलरबराबरको राहत बजेट सार्वजनिक गरेका हुन् । 

बाइडेनको सो बजेट  पारित भए  अमेरिकाको अर्थतन्त्र सुध्रर्न अपेक्षा गरिएको छ । त्यस्तै,  प्रत्येक अमेरिकी नागरिकले १४ सय अमेरिकी डलर प्रत्यक्ष सहयोग पाउनेछ । प्रस्तावित बजेटमध्ये ४ खर्ब १५ अर्ब अमेरिकी डलर कोरोना महामारीसँग लड्न खर्च गरिने बताइएको छ ।

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, माघ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्