परराष्ट्रमन्त्रीस्तरीय नेपाल- भारत संयुक्त आयोगको बैठक सुरु
काठमाडौं, माघ २ : भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु भएको छ।शुक्रबार बिहान भएको आयोगको छैटौं बैठकमा तीन...
काठमाडौं, माघ २ : भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु भएको छ।
शुक्रबार बिहान भएको आयोगको छैटौं बैठकमा तीन दर्जनभन्दा बढी एजेन्डामा छलफल गर्ने तयारी रहेको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका छन्।
परराष्ट्रमन्त्री ज्ञवाली भारतमा जानुअअघि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सीमासम्बन्धी विषयमा छलफल गर्ने बताइएपनि भारतले सीमा सम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ।
बैठकअघि परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए।
आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार दिउँसो नयाँदिल्ली पुगेका हुन्। उनीसँग बैठकमा परराष्ट्रसचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतको सहभागिता रहेको छ।
बैठकमा ऊर्जा, सीमा सुरक्षा, यातायात, रेललगायत पूर्वाधारका विशेषमा पनि विस्तृत रूपमा छलफल हुने नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।











