Kathmandu Press

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै

काठमाडौं, माघ ३ : प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश...
प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै

काठमाडौं, माघ ३ : प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ गर्ने निर्णय गरेको हो। आर्मीले केहीबेर अघिसम्म २३ ओभरमा तीन विकेट गुमाउँदै ९६ रन बनाएको छ। आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान राजु रिजालले ७१ बलमा ४५ रन बनाए। यस क्रममा उनले एक छक्का र चार चौका प्रहार गरे।

यस्तै हरिकृष्ण झा १४ रन बनाएर पवेलियन फर्किए। उनले ४८ बल खेल्दै एक चौका हाने। यसैगरी रोहित पौडेलले १० रन मात्र बनाए। अहिले कप्तान विनोद भण्डारी र भीम सार्कीले ब्याटिङ गरिरहेकाछन्।

यस्तै बलिङतर्फ गण्डकीका लागि यही माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ। सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन्। 

दुवै समूहको शीर्ष दुई दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्। फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ। राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ। 

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, माघ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्