Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ सुरु

काठमाडौं, माघ २ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। आज पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा संवैधानिक...
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ सुरु

काठमाडौं, माघ २ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

आज पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। बुधबार संवैधानिक इजलासमा भएको बहसमा यस मुद्दालाई वृहत् पूर्ण इजलासमा लग्ने कि नलग्ने भन्नेमा बहस भएको थियो।

त्यसमा कुनै निष्कर्षमा पुग्न सकिएको थिएन्। बुधबारको बहस आजका लागि सरेको थियो।

आज पनि त्यहि बहसलाई निरन्तरता दिइएको छ। यो मुद्दालाई संवैधानिक इजलासमै छिनोफानो गर्ने कि वृहत् पूर्ण इजलासमा पठाउने भन्नेमा बहस सुरु भएको छ।

रिट निवेदनकहरुले वृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका छन्। सरकारले भने संवैधानिक इजलासबाटै टुंग्याउनु पर्ने भन्दै निवेदन दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। त्यसका विरुद्ध १३ वटा रिट परेका छन्। सबै रिटमा यो असंवैधानिक कदम भएको भन्दै खारेजीको माग गरिएको छ।

प्रकाशित मिति: ११:४० बजे, शुक्रबार, माघ २, २०७७